डिश होमले वितरण गर्‍यो तराईका चार विद्यालयमा शैक्षिक सामाग्री, झोला र टोपी

काठमाडौं– डिश होमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ। कम्पनीले रौतहट, बारा र पर्साका चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो।

नेपालको कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पु¥याएको डिश होमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए।

कार्यक्रम अन्तरगत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बाल मन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ।

यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिकास्थित, गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ।

शैक्षिक सामाग्री महागढीमाई नगरपालिकाका उप-प्रमुख तारा देवि कामतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, समाजसेवी, शिक्षक तथा स्थानियको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरे।

यस्तै बाराकै सिम्रौन गढको कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसाबाट जोगिनका लागि न्यानो टापी वितरण गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहमान मिया अन्सारी लगाएत नागरिक समाजका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्थानियको उपस्थितिमा सिम्रोन गढ नगरपालिकाका उप प्रमुख रिमा देवि कुशवाहाले शैक्षिक सामाग्री वितरण गरे ।

डिशहोमले यसै कार्यक्रम अन्तरगत पर्सा जिल्लाको पोखरिया स्थित जिल्ला उचांगल रामदेव माविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ।

पोखरियाका नगर प्रमुख दिप नारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं. ४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण साहा लगाएत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि र स्थानियको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो।

डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै बसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ।

यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कूलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्री साथै प्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ।

मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहाले पनि बिचैमा छाड्नेहरूको तथ्यांक निकै ठूलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले डिशहोमले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पु¥याई रहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू