रातिदेखि डा. केसीको रक्तचाप घट्यो

१६ औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

विर्तामोड – १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको बिहिबार रातिदेखि रक्तचाप कम हुँदै गएको छ। शरिरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले जाँचेका थिए।

चिकित्सकहरुले उनको शरिरमा चिनीको मात्रा घटेको शंका गरेका छन्। तर डा. केसीले चिनी परीक्षण गर्न मानेनन्। डा. केसी इलामको फूलगाछीमा १६ औं सत्याग्रहमा बसेको शुक्रबार तेस्रो दिन हो।

अहिले ९ बजे इलाम जिल्ला अस्पतालका चिकित्सकले पुनः डा. केसीको स्वास्थ्य जाँच गर्ने उनका सहयोगी इलामका पुराना पत्रकार धर्म गौतमले बताए।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू