हेडक्वाटरको डिएसपी हुँ भन्दै होटेल चहार्ने पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – हेडक्वाटरको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न होटेल तथा रेष्टुरेन्टहरुमा हेडक्वाटरको डिएसपी हुँ भन्दै बिल नतिर्ने गरेका भक्तपुरका अनिल थापा पक्राउ परेका हुन् ।

उनलाई कमदालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  थापाले होटेलहरुमा पार्टीको आयोजना गर्ने र बिलको भुक्तानी माग्दा आफू डिएसपी हुँ भन्दै तिर्न नमान्ने गरेको गुनासोका आधारमा पक्राउ गरिएको काठमाडौँ प्रहरी श्रोतले जनाएको छ ।

पक्राउ परेका थापाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै बल्खुबाट प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्