थारु पुर्खा

हस्तकलामा थारु समुदायको इतिहास (तस्बिरहरु)

दाङ–कान छेडिएको शीरमा टोपी । कम्मर मुनी भेगुवा लगाएका । दाहिने घुममा भौका(झिटी झाम्टा) । बायाँ हातमा भान्साको सामान । खाली खुट्टा हिँड्दै गरेका थारु पुरुष ।

पिठ्यूमा बच्चा बोकेकी । शीरमा सामान राखेकी । थारु महिला । यि दुई श्रीमान श्रीमती सँगै हिड्दै गरेको आकृती धेरैको चासको विषय बन्न पुग्यो । यो आकृतीमा थारु समुदायले वषौँ पहिले भोग्दै आएको मालिकको दमन सहन नसकेर विस्थापित हँुदै गरेको झल्को देखिन्छ ।

थारुहरु मासिलकको घरमा कमैया, कमलहरी बसे । मालिकको दमन सहन नसकेर विस्थापित भएर बर्दिया, कैलाली पुगे । यसरी विस्थापित भएर जानुलाई वुरहान गएको भनेर पनि बुझिन्छ । थारु समुदायको कला, संस्कृती र पीडादायी वर्णन गर्न सक्ने हस्तकलाको सामाग्री बनाइएको छ । यही सामाग्री दाङको घोराहीमा चलिरहेको प्रादेशिक माघी महोत्सवमा आकर्षणको केन्द्र बनेको छ ।

घोराही–१६ निवासी लालबहादुर चौधरीले काठबाट हस्तकलाको सामाग्री तयार पारेका हुन् । हलो जोत्दै गरेको, ढिकीँ, जाँतो गर्दै गरेको, गुरही(धामी) बस्दै गरेको दृश्यलाई हस्तकलाको माध्यमबाट काठमा उतारिएको छ । नयाँ पुस्ताले पुर्खाको जीवनशैली बुझ्ने माध्यम बनेको छ, यी हस्तकलाको सामाग्री । तर, सरकारी स्तरबाट हस्तकलाको संरक्षण गर्न चासो नदिँदा संरक्षण गर्न कठिनाई भएको छ ।

‘मैले थाहा पाएसम्म महोत्सवमा लैजाने, ल्याउने बाहेक त्यस्तो खासै केही नभएको पाएको छु’थारु अगुवा तथा पत्रकार छविलाल कोपिलाले भने–‘जो कलाकर्मीहरु छन् । सरकारले यो सामान किनेर संग्राहलयमा राखिदिएको भए बनाउनेहरु उत्साहीत हुन्थ्ये । व्यवसायिक वनाउन राज्यले ध्यान दिनुपर्छ, मुर्ती बनाए भने पहिचानसँग जोडिन्छ । विभिन्न संग्राहलयमा राख्न सकिन्छ ।’

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्