थारु परिकार ढिक्री कसरी बनाउने?

दाङ–ढिक्री यो साँझा पक्वान हो । थारु समुदायको चाड पर्वमा यो परिकार हरेकको घरमा पाक्छ । माघीमा त नपाक्ने कुरै भएन् । दाङसहित थारु बाहुल्य जिल्लाका थारु समुदायका नागरिकको घरमा यो पक्वान पकाउन शुरु गरिएको छ ।

ढिक्रीको स्वाद चखाउँन मेला, महोत्सवमा स्टल राख्ने गरिन्छ । दाङको घोराहीमा आयोजना गरिएको माघ महोत्सवमा ढिक्री स्टल छ । ढिक्री मात्रै होइन, थारु संस्कृतीसँग जोडिएका अन्य पकवान पनि राखिएका छन् । सुंगुरको मासु, माछा, घोँगी थारु समुदायको चाड पर्वमा विशेष महत्व राख्छ ।

कसरी बनाउने ढिक्री ?


चामलको पिठोबाट पानीको वाफमा उसुनेर ढिक्री बनाउन सकिने शिवा चौधरीले बताइन ।‘सुरुमा चामलको पिठो चाहिन्छ । त्यसपछी पिठोलाई पानीमा मुछ्ने, आकार दिने । अनि त्यसलाई पानीको वाफमा पकाउने’चौधरीले ढिक्री बनाउने तरीका बताउँदै भनिन्–‘ढकियाको तल्लो भागलाई काटेर फाल्ने र त्यसमा कपडा राखेर काँचो ढिक्री उसुन्न राख्ने । राखेको आधा÷एक घण्टामा तयार हुन्छ ।’

 

ढिक्री सन्देश


थारु समुदायले प्रत्येक पर्वमा अलग अलग ढिक्री बनाउने गर्छन् । दसैँमा गोलो ढिक्री हुन्छ । तिहारमा चेप्टो, दियो जस्तो हुन्छ । तेल हालेर दियो बाल्ने चलन पनि छ । माघीमा लामो ढिक्री बनाइन्छ ।

ढिक्री खाएमा मान्छेको आयू बढ्छ भन्ने पौराणीक मान्यता रहेको थारु अगुवा तथा पत्रकार छविलाल कोपीलाले बताए । ‘ढिक्रीको सन्देश के हो भने मान्छेको आयू बढ्छ । न चिल्लो हुन्छ, नि चिनी हुन्छ’उनले भने–‘ढिक्री खायो भने दिनभरी बस्न सकिन्छ ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्