चोरी मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

सांकेतिक तस्बिर

धनगढी – चोरी मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । चोरी मुद्दामा सजाए तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका, ८ का ४४ वर्षीय सियाराम चौधरीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो ।

चौधरीलाई जिल्ला अदालत कैलालीले २०५२ साल असार २० गते २७ दिन कैद र ८ हजार ४ सय ७५ रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा उपस्थित गराई कैद जरिवाना असुल उपरका लागि कैलाली कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्