मोवाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु, बहिनी घाइते

विराटनगर – विराटनगरमा मोवाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ ।  शुक्रबार बिहान विराटनगरको रानी स्थित घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा उनकी बहिनी राधिका मण्डल घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्