माघीमा साइकल उपहार, विद्यार्थीको ओठमा मुस्कान

दाङ- माघी आउन मात्र चार दिन बाँकी छ। यही महिनामा काम गर्ने कम्लरीको खाजी हुन्थ्यो। तर, अहिले कम्लरी खोज्न गाउँमा पस्नेहरू भेटिदैनन। सरकारले कमैया कम्लरी मुक्त घोषणा गर्‍यो।कमलहरी राख्‍नेलाइ कारबाही हुन्छ। पूर्वकम्लरी, कमैयाका छोरा छोरी अहिले विद्यालयमा जान थालेका छन्।

आफूले पढ्न नपाए पनि जेनतेन छोरा छोरी पढाइरहेका आमा बुवालाई भविश्‍यमा ठूलो व्यक्ति बनेको हेर्न मन छ। रेनु नेपाली पाँचसम्म पढिन।अरुको घरमा काम गर्न बसेकी उनले राम्रो संग पढ्न पाइनन।तर, उनको छोरी स्नेहा अहिले कक्षा सातमा पढ्छिन्।`विद्यालय टाढा छ। हिडेर जानू पर्दा कक्षा छुटिरहेको हुन्छ´उनले भनिन-`अब साइकलमा विद्यालय जान सकिने भयो। छोरीलाइ सजिलो हुने भयाो।´

जुनु चौधरी जनता माध्यमिक विद्यालय गढवा कक्षा ७ मा पढ्छिन्। उनका साथीहरु साइकल चढेर विद्यालय जान्छन्। उनको बहिनी सम्झना र उनी हिडेर विद्यालय जाने आउने गर्छन। साइकल चढेर विद्यालय जाने रहर भएपनि त्यो रहर पूरा हुन सकेको थिएन। शुक्रबार जुनु र सम्झनाको रहर पूरा भयो। सम्झनाले साइकल उपहार पाइन्।

`बहिनी र म अब स्कुल जाँदा साइकल चढेर जान्छौं´उनले भनिन-`अब कक्षा छुट्दैन´सीता कुमारी यादव र उनका बुवा शोभारा यादव बिहानै बाँकि आइपुगे। सीताको साइकलमा स्कुल जाने सपना पूरा हुदै थियो।

साइकल उपहार पाउने खुसीमा भात नखाई दुई घण्टा टाढा आइपुगेका हुन।`भैंसी छ। अधिया बटैया गरेर बेटि पढाइरहेको छु´यादवले भने-`दुई छोरी छन। उनीहरुलाइ पढाउने मात्रै ध्यान जान्छ।´

क्रियटिङ्ग पाेसिविलिटिज नेपालले देउखुरीका पूर्वकमैया, कमलहरी, गरिब, बिपन्‍नका छोरा छोरीलाई साईकल उपहार प्रदान गरेको छ। माघी पर्वको उपलक्ष्यमा स्कुले विद्यार्थीलाई साइकल उपहार दिइएको क्रियटिङ्ग पाेसिविलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले बताए।

सन २०१२देखि विद्यालयमा भर्ना भएका मुक्त कम्लरी वालिकालाई साइकल प्रदान गर्न थालिएको हो।अहिले सम्म ४ सय ४९ जनालाई साइकल उपहारमा दिइएको छ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्