टीट्वेन्टी प्रतियोगिता खेल्न नेपाली महिला टोली थाइल्यान्डतर्फ, यस्तो छ खेल तालिका

काठमाडौँ- आगामी फेब्रुअरी दोस्रो सातादेखि हुने  महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोट प्रतियोगिताको तयारीस्वरुप थाइल्यान्ड क्रिकेट बोर्डले आयोजना गर्न लागेको प्रतियोगिता थाइल्यान्ड वुमन्स टीट्वेन्टी स्म्यास खेल्न नेपाली टोली शुक्रबार त्यसतर्फ लागेको छ।

थाइल्यान्ड वुमन्स टीट्वेन्टी स्मास जनवरी १२-१८ तारिखमा सन्चालन हुँदै छ। प्रतियोगितामा भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, तान्जानिया, नामिबिया, थाइल्यान्ड ,कुवेत र एसएल नेभी छन्। नेपालले पहिलो खेल शनिबार चीनविरुद्ध खेल्दै छ। नेपालले आईतबार मलेसिया र सोमबार यूएईविरुद्ध खेल्दै छ। नेपालले समूहको अन्तिम खेल बुधबार थाइल्यान्ड ‘ए’ विरुद्ध खेल्ने छ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। विश्वकपको एसियाली छनोट फेब्रुअरी १६ तारिखदेखि थाइल्यान्डमै सुरु हुँदै छ।

नेपाली टोली- रुबिना क्षेत्री (कप्तान), सिता राना मगर (उपकप्तान), करुणा भन्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिँडारी, काजल श्रेष्ठ,रोमा थापा, कविता कुँवर, ममता चौधरी र डल्ली भट्ट , विन्दु रावल

प्रशिक्षक- विनोद दास

 

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्