प्रभु बैंकले सञ्चालनमा ल्यायो मास्टर कार्ड

काठमाडौं – प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर पिबिएल मास्टर कार्ड सञ्चालनमा ल्याएको छ ।

विद्युतीय कारोबार क्षेत्रमा ख्याति कमाएको अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टर कार्ड र प्रभु बैंकको साझेदारीमा इएमभी चिप बेस पिबिएल मास्टर कार्ड सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

कार्यकारी अधिकृत शेरचनले कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्