पृथ्वीनारायण शाहको योगदान नाटकमार्फत स्मरण गरियो (७ तस्बिरहरु)

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान नाटकमार्फत स्मरण गरिएको छ।

पृथ्वीनारायण शाहले गल्तीहरुबाट कसरी सिके, कीर्तिपुरको युद्ध, कालु पाण्डे मारिएको घटना सबै उक्त ‘पृथ्वी राष्ट्र निर्माता’ मार्फत  नाटकमार्फत प्रस्तुत गरिएको थियो।  वृहत आध्यात्मिक परिषद्ले उक्त नाटकको आयोजना गरेको हो।

सिंहदरबारको पश्चिमी गेटस्थित पृथ्वीको सालिकअघि र वसन्तपुरको डबलीमा गरी पृथ्वीजयन्तीकै दिन दुईपटक उक्त नाटक प्रस्तुत गरिएको थियो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले उक्त नाटक प्रदर्शनको तस्बिरहरु खिचेका छन्:

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्