विवेकशील साझा पार्टी फुट्यो, थापाले दिए नयाँ दल दर्ताका लागि निवेदन

काठमाडौं – संयोजक मध्येका एक उज्जवल थापाले विवेकशील साझा पार्टी फुटाएका छन् । थापाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपालीका नाममा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

थापाले विवेकशील साझा पार्टीको ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूतिर रहेको दाबी गरेका छन् । थापाले आयोगमा ३७ मध्ये १६ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएका छन्।

राजनीतिक दल सम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको समर्थन चाहिने व्यवस्था छ । थापा र अर्का संयोजक रविन्द्र मिश्रबीच पार्टी सञ्चालनको विषयमा केही समयदेखि मतभेद हुँदै आएको थियो।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू