सुकुम्बासीलाई बसेकै ठाउँमा जग्गा दिनुपर्ने माग

फाइल तस्बिर

काठमाडौं – सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबास गर्दैै आएका नागरिकलाई बसेकै ठाउँमा स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

शुक्रबार नेकपाका सांसद मेटमणि चौधरीले नरबहादुर धामी र लक्ष्मी चौधरीको समर्थनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।

प्रस्तावमा हाल सुकुम्बासी बसेको अधिकांश स्थान जंगल क्षेत्रमा परेकाले ती क्षेत्रलाई कानुनी रुपमा बसोबास क्षेत्रका रुपमा रुपान्तरण गर्न कानुन बनाउन माग गरिएको छ ।

प्रस्तावमाथि सभामुख कृष्णबहादुर महराले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालका सल्लाहमा छलफलका लागि समय तोक्ने संसद सचिवालयले जनाएको छ ।

 

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्