बर्लिन म्युजियमबाट सय केजीको सुनको सिक्का चोरी, अदालती सुनुवाइ सुरु

[Object Name]=FILES-GERMANY-THEFT-MUSEUM-GOLD [Urgency]=53 [Category]=CLJ [Date Created]=2010:12:08 [Original Transmission Reference]=99-827598 [By-line]=MARCEL METTELSIEFEN [By-line Title]=STR [City]=Berlin [Country Code]=DEU [Country Name]=Germany [Credit]=AFP [Source]=dpa [Caption]=(FILES) This file photo taken on December 8, 2010 shows the gold coin "Big Maple Leaf" on display at Berlin's Bode Museum. Police said on July 12, 2017 that several people were arrested in connection with the theft of the "Big Maple Leaf" gold coin. Thieves stole the coin weighing 100 kilograms (220 pounds) from Berlin's Bode Museum on March 27, 2017. / AFP PHOTO / dpa / Marcel Mettelsiefen / Germany OUT

बर्लिन- एक वर्षअघि बर्लिन म्युजियमबाट चोरी भएको एक सय केजीको सुनको सिक्का प्रकरणमा शुक्रबारबाट स्थानीय जिल्ला अदालतमा सुनुवाई सुरु भएको छ। प्रहरीले चोरीको आरोपमा चार जनाविरुद्ध मुद्धा दर्ता गरेको थियो।

आरोपितले घटनामा आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन्। ‘बिग म्यापल लिफ’ उपनामले समेत विश्वभर चर्चित उक्त सिक्का सन् २०१७ को मार्च २७ तारिखको रात म्युजियमबाटै हराएको थियो। ४३ लाख अमेरिकी डलर मुल्य बराबरको उक्त सिक्का पगालेर विक्री भएको हुन सक्ने स्थानीय प्रहरी प्रशासनको आशंका छ। प्रहरीले सिक्का भेट्न सकेको छैन।

आरोपितमध्ये एक जना म्युजियमकै सुरक्षा गार्ड हुन् भने बाँकी चोर भएको प्रहरीको दावी छ। चोर भनिएका तीनै जना जर्मन नागरिक भएको जर्मन प्रेस एजेन्सीले जनाएको छ। आरोप प्रमाणित भए १० वर्षसम्म जेल सजाय हुन सक्ने जनाईएको छ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्