जाडो छल्न जेष्ठ नागरिकलाई ‘फाइबर सिरक’

दाङ–जाडो बढ्दै गएपछि लमही नगरपालिका वडा नं. ४ ले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ।

७० वर्ष नाघेका एक सय २७ जना जेष्ठ नागरिकहरुलाई फाइबर शिरक प्रदान गरेको वडा कार्यालयले न्‍यानो कपडा वितरण गरेको वडा अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए।

उनले भने, ‘ ७० वर्ष नाघेका एक सय २७ जना जेष्ठ नागरिकहरुलाई शिरक प्रदान गरेका छौ। अब चिसोमा जेष्ठ्‍य नागरिकहरु अकालमय ज्‍यान गुमाउन नपरोस्।’

लमही नगरपालिका वडा नं. ४ ले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो। चिसो बढ्दै गएपछि जेष्ठ नागरिकलाई ओढ्ने फाइवर शिरक प्रदान गरियो।

७० वर्ष नाघेका एक सय २७ जना जेष्ठ नागरिकहरुलाई शिरक प्रदान गरेको वडा अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । वडा कार्यालयले दुई लाखको बजेटबाट शिरक वितरण गरेको जनाएको छ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्