प्रेसिडेन्ट कप जूनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

पुरुषतर्फ प्रिन्स दाहाल र महिलातर्फ रसिला महर्जन जेसिका गुरुङलाई उपाधि

मोरङ- विराटनगरमा सम्पन्‍न प्रेसिडेन्ट कप जूनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमूनिको उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन्। त्यसैगरी महिलातर्फ १५ वर्षमूनिका रशीला महर्जन र १९ वर्षमूनिका जेसिका गुरुङले उपाधि हात पारेका हुन।

विराटनगरको सहिद रङशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न प्रतियोगितामा प्रिन्स दाहालले १९ वर्षमूनिको समूहमा समकक्षी प्रफुल्ल महर्जनलाई दुइ शुन्यको सेटमा पराजित गरेका थिए।

पहिलो सेट २१–८ले जीत हात पारेका दाहालले दोश्रो सेट पनि सहज २१–१० ले महर्जनलाई स्तब्ध बनाउन सफल भए। जित हात पारेका दाहालले ट्रफीसहित २२ हजार ४ सय रुपैयाँ हात पारे।

त्यसैगरी, महिलातर्फको १९ वर्षमूनि जेसिकाले रशीला महर्जनलाई दुइ शून्यको सेटमा स्तब्ध बनाएकी थिइन्। ट्रफीसहित २२ हजार ४ सय रुपैया“ नगद हात पारेकी जेसिकाले खेल २४–२२ र २१–१४ ले जितेकी थिइन्।

त्यसैगरी, प्रतियोगिता अन्तर्गत सोही उमेर समूहको डबल्समा नेपालका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी म्यानमारका ज लिन ह्युटु र थु रिइनसंग पराजित भएको छ । दुई–एकको सेटमा जित हात पारेको म्यानमारको जोडीले पहिलो सेटमा १९–२१ मले हार ब्यहोरेको थियो। त्यसपछि कोर्टमा लयमा फर्किएका म्यानमारका खेलाडीले बाकी दुइ सेट लगातार २१–१७ र २१–१८ सेटमा जितेका थिए।

त्यसैगरी महिलातर्फ जेसिका गुरुङ र रशिला महर्जनको जोडीले नेपालकै सीमा राजवंशी र नीता लम्सासको जोडीलाई २१–१२ र २१–३ ले हराएको थियो।

त्यसैगरि, पुरुष १५ वर्षमूनिको खेलमा प्रिन्स दाहालले म्यानमारका ज लिन ह्युटुलाई दुइ एकको सेटमा हराए। उपाधि हात पारेका दाहालले पहिलो सेट २१–१५ ले जितेका थिए। यद्यपि दोश्रो सेटमा ह्युटुले २१–१७ ले आफ्नो पक्षमा पारे।

अन्तत रोमान्चक बनेको अन्तिम खेलमा दाहालले ह्युटुलाई २१–९ले स्तब्ध बनाए। त्यसैगरि, सोही उमेर समूह अन्र्तगत महिलातर्फ रशिला महर्जनले स्मृति राई २१–७ र २१–३ ले हराउदै उपाधि हात पारिन्।

नेपाल ब्याडमिन्टन संघको मुख्य आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा नेपालसहित भारत र म्यानमारबाट गरि कुल ७६ खेलाडीको सहभागिता रहेको रेफ्री किरण कारन्जीतले जानकारी दिए। प्रतियोगिताका लागि म्यानमारबाट ३ र भारतबाट २ खेलाडीको सहभागिता रहेको कारन्जीतले बताए।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू