हेरिटेज गार्डेनमा क्यान्सर सर्भाइभर र्‍याम्प शो

जसले क्‍यान्सरलाई जिते, र्‍याम्पमा उत्रिए र जीवन जिउन सिकाए

शुक्रबार ‘सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प शो’ मा थारु भेषभूषामा सजिएकी गीता चौधरी। उनी जस्तै विभिन्‍न पोशाकमा २५ जना र्‍याम्प शोमा उत्रिएका थिए। तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं-विभिन्न समयमा क्यान्सर लागेर निको भइसकेका एवं क्यान्सर विजेताहरूले शुक्रबार ‘सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प शो’ मा उत्रिएका छन्।

सानेपास्थित हेरिटेज गार्डेनमा ‘क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन’ भन्‍ने सन्देश दिन २५ जना क्यान्सर सर्भाइभर र्‍याम्प शोमा सहभागी भएका थिए। २५ जना मध्य ४ जना पुरुष र २१ जना महिलाको सहभागीता रहेको थियो।

र्‍याम्पमा सहभागी क्यान्सर सर्भाइभरको अनुभव


प्रदीप साप्कोटाका अहिले ४० वर्षका भए। प्रदीपलाई चार वर्ष आगाडि मुखको क्यान्सर भएको थियो। र्‍याम्पमा हिडिसकेपछि आफूलाई धेरै खुसी लागेको प्रदिपले बताए।

उनले अनुभव सनाउँदै भने, ‘यो भन्दा अगाडि यति धेरै मनिसहरुको भीडमा स्टेज प्रफम गरेको थिइन, त्यसैले आज धेरै खुसी लागेका छ ।’ क्यान्सरका विरामीहरुका लागि आफूले गरेको कामले केही मात्रामा भए पनि सहयोग पुग्ने उनको भनाइ छ।

त्यस्तै ८ वर्ष अगाडि स्तन क्यान्सर भएकी सुनिता पौडेल पनि र्‍याम्पमा भाग लिन पाएकोमा मख्ख थिइन्। उनी र्‍याम्पमा उत्रिएको पल सुनाउँदै भनिन्, ‘कहिले नगरेको काम आज गरे, धेरै खुसीलागेको छ, तर स्टेज जाने समयमा भने अलि डर लागेको थियो ।’

कार्यक्रम सकिए लगतै हतार–हतार झोलामा केही सामान मिलाउँदै थिए ३४ वर्षका सुधीर लामा। उनलाई एक वर्ष अगाडि ठूलो आन्द्रामा क्यान्सर भएको थियो।तर उनी अहिले निको भएर स्वस्थ जीवनमा फर्कि सकेका छन्। स्टेजमा जाँदाको क्षण सम्झँदै उनी भन्छन्, ‘पहिलो पटक भएकाले स्टेजमा जाँदा नर्भस भए। तर अहिले भने सम्झेर निकै रमाईलो लागीरहेको छ।’ क्यान्सर लाग्दैमा हरेस खान नहुने उनको बुझाइ छ।

यता, क्यान्सर अस्पतालमा कार्यरत २२ वर्षीया स्टाफ नर्स कन्चन रेग्मीलाई आफू र्‍याम्पमा सहभागी हुन पाउँदा खुसीको सीमा नै छैन। एक वर्ष अगाडि उनी ओभरीको क्यान्सरले ग्रसित थिइन्। ‘र्‍याम्प स्टेजमा जान पाए, अन्य क्यान्सरका विरामीलाई केही सन्देश दिन पाए, निक्कै खुसी लागेको छ।’

आफूलाई क्यान्सर भएको कुरा अरुका अगाडि लुकाउँन अब उनलाई डर लाग्‍दैन। क्यान्सरलाई जितेर अगाडि बढेकोमा आफूलाई गर्व महसुर भएको कन्चन ढुक्क भएर भन्‍न सक्छिन।

क्यान्सरसँग संर्घष गरिरहेका ती विरामीहरुलाई आत्मविश्वास, आट र साहास जगाउन नेपालमा पहिलो पटक भएको र्‍याम्प शो कोसेढुंगा साबित हुने कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठल बताउँछिन्। उनी भन्छिन्, ‘हामीले क्‍यान्सरसँग डराएर भाग्‍नेहरुलाई र्‍याम्प शो अचुक क्‍याप्सुल सरह प्रदान गर्दै जानेछौ। हाम्रो प्रयास निरन्तर जारी रहनेछ।’

तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्‍चार

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्