बिहानैदेखि बदली भयो, कुन क्षेत्रमा पानी पर्ने सम्भावना ?

काठमाडौँ – विशेष गरी पहाडी क्षेत्रको मौसम शनिबार बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमदेखि पूर्वका पहाडी क्षेत्रको मौसम आंशिकदेखि पूर्ण बदलीको अवस्थामा रहने मौसमविद सुजन सुवेदीले बताए ।

पश्चिमको क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् । यस्तै मध्य तथा पूर्वका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था हरने छ र एक दुई ठाउँमा छिटफुट पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।

तराईका क्षेत्रमा भने बिहानमा हुस्सु तथा कुहिरो लागेको छ र दिउँसो भने मौसम सफा नै रहने देखिएको जनाइएको छ ।

काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि बादल लागेको छ । दिउँसोसम्मै बादल रहने र बिस्तारै केही सुधार हुँदै जाने मौसमविदले उल्लेख गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण बदली भएका हो । बिहान ४.४ डिग्री न्यूनतम तापक्रम मापन भएकोमा दिउँसो बढेर १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्