करण जोहरको शोमा गरेको गफले समस्यामा दुई क्रिकेटर

भारतीय क्रिकेट टिमका दुई खेलाडी हार्दिक पाण्डेया र के एल राहुल पछिल्लो केही दिनदेखि लगातार विवादमा घेरिएका छन् ।

अस्ट्रेलिया भ्रमणमा भारतीय टिममा रहेका हार्दिक र राहुललाई फिर्ता बोलाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । करण जोहरको टेलिभिजन शो ‘कफी विथ करण’ मा सहभागी भएका हार्दिकले महिलासँगा जोडिएका केही अभद्र टिप्पणी गरेका थिए, त्यसपछि उनको आलोचना भयो । हार्दिकले माफी पनि मागे ।

भारती सञ्चारमाध्यमका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले दुवै खेलाडीमाथि अनुसन्धान भइरहेको र सो अवधिका लागि निलम्बित गरिएको बताएको छ । दुवै खेलाडीलाई अस्ट्रेलियाबाट स्वदेश पठाउने निर्णय भएको पनि बिसिसिआईले पुष्टि गरेको छ ।

हार्दिक पाण्डेया

उनीहरुलाई शनिबार वा आइतबारको उडानमा भारत पठाउने तयारी भएको बिसिसिआईका एक अधिकारीले बताएको भारतीय पत्रिकार जनसत्ताले उल्लेख गरेको छ ।

करणको शोमा पहिलोपटक क्रिकेट क्षेत्रका पाहुना बनेर हार्दिक र राहुल गएका थिए । करणको शोमा गरेको रमाइलो गफ उनीहरुका लागि अप्ठ्यारोको कारण बनेको छ ।

के एल राहुल
पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्