चलचित्र रणवीरको ट्रेलर सार्वजनिक

काठमाडौँ – चलचित्र रणवीरको ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेबाट प्रदर्शनमा आउने रणवीरको ट्रेलरमा माया र बदलाको भावनालाई समेटिएको छ । ट्रेलरमा अभिनेता सुशील सिटौला अघिल्ला फिल्मको तुलनामा फरक देखिएका छन्।

यहि चलचित्रको लागि सिटौदादे तौल बढाएका छन्। सुशीलसँगै प्रशान्त ताम्राकार पनि सशक्त रुपमा देखिएका छन् । सुशील र प्रशान्त बीचको टकरावलाई ट्रेलरमा मुख्य रुपमा चित्रण गरिएको छ ।

चलचित्रमा डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पा भट्टलाई पनि प्रस्तुत गरिएको छ । सुबेक्षा सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल बिजेता हुन् भने सुपुस्पा पनि सिएकि विधार्थी । ट्रेलरमा टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्मा पनि उस्तै दमदार रुपमा देखिएका छन् ।

चलचित्रमा जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको अभिनय रहेको छ । ट्रेलरलाई साहिल खानले तयार पारेका हुन्।

चलचित्र प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन्। यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्