कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा त्रिपक्षीय भिडन्त

धनगढी – कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शनिवार बिहान आठ बजेबाट सुरु भएको मतदान साँझ चार बजेसम्म चल्ने छ।

२ हजार ७ सय ४ जना मतदाता रहेको संघको निर्वाचनमा हालसम्ममा १ हजार पाँच सय भन्दा धेरैले मतदान गरिसकेको निर्वाचन समितिका संयोजक यादव बहादुर भण्डारीले जानकारी दिए । मतदान सकिएपछि शनिबार साँझैबाट गणना सुरु गरिने निर्वाचन संयोजक भण्डारीले जानकारी दिए ।

मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा तीन प्यानलका ५० जना उम्मेदवार चुनावी मैदानमा छन् । संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लिराज अवस्थी प्यानलसहित चुनावी मैदानमा छन् ।

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धी मुद्दा परेपछि स्थगित भएको थियो । त्यसपछि सदस्यता छानबिनपछि चुनाव भउको हो ।

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू