मोदीसँग चलचित्रकर्मीको भेट कसले र किन गराए ?

बिहिबार बिहान दिल्लीमा बलिउडका केहि छानिएका कलाकारसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाट भयो। कलाकारसँग उनले खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

चलचित्रकर्मी बाहेक यो तस्बिर प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा पोष्ट गरे। जसलाई समाचार पोष्ट गर्दासम्म २४ लाख मानिसले लाइक गरिसकेका छन्।

 

View this post on Instagram

 

Had a good meeting with popular film personalities.

A post shared by Narendra Modi (@narendramodi) on

सामाजिक सञ्जालमा यो फोटोको फर्जि पाटो पनि पोस्ट भएको छ। जुन तस्बिरमा केही चलचित्रकर्मीको निधारमा ‘जय श्री राम’ लेखेको देखिएको थियो।

फेसबुकका केही ठूला क्लोज ग्रुपमा र ह्वाट्स एपमा यो तस्बिर दाबीको साथ पोस्ट भए, ‘बलिउडका सदस्यले पिएम मोदीको अगाडि अयोध्यामा राम मन्दिर बनाउने माग राखे।

केही मानिसहरुले ट्वीटर र फेसबुकमा बलिउडका यी प्रतिनिधिमण्डलमा कोही पनि ‘खान’ सहभागी नभएकोमा खेद प्रकट गरे भने केहीले यस्तो सम्म लेखे की ‘राम मन्दिरको बारेमा चर्चा गर्नको लागि प्रधानमन्त्रीले मात्र हिन्दु कलाकारलाई बोलाएका थिए।’

यो अन्दाज कत्तिको बलियो छ ? भेटघाटमा को को सहभागी थिए ? कसले यो भेटघाट गरायो भन्ने बारेमा थाहा पाउन कलाकार को को उपस्थित थिए भन्ने जान्न जरुरी छ।

भेटघाटको कारण


मुम्बईका बिबिसी सहयोगी मधु पाललाई चलचित्र निर्माता करण जोहरको टोलिले बताए, ‘यो विशेष भेटघाट भारतीय सँस्कृति र समाजमा भईरहेको चलचित्रको प्रभावका बारेमा चर्चा गर्नको लागि भएको थियो। प्रधानमन्त्री मोदीले यो बारेमा कुराकानी गरे की मनोरञ्जनको सहायताले कसरी देशमा सुधार ल्याउन सकिन्छ।’

टीमले बतायो की, ‘मिटिङमा चलचित्रर्कीसँग मोदीले भविष्यमा कुन कुन विषयमा चलचित्र बनाउन सकिन्छ।’

चलचित्र निर्माता एकता कपूर, अभिनेता राजकुमार राव, आयुष्मान खुराना र सिद्धार्थ मल्होत्राका अनुसार भेटघाट कार्यक्रम राम्रो भयो, मोदीको नयाँ कलाकारप्रति रवैया राम्रो नै छ।

तर करण जोहरको टोलिले यो भेटघाट राम मन्दिर वा अन्य कुनै राजनीतिक मुद्धामा छलफल गर्नको लागि गरिएको भन्ने कुरा अपवाह मात्र रहेको बताए।

रणवीर सिंहले मोदीसँग आफ्नो फोटो जादू की झप्पी क्याप्सन दिएका छन्।

 

बलिउडका केही प्रतिनिधिमण्डल बिहिबार एक विशेष विमानबाट दिल्ली पुगेक थिए, एकता कपूरले यो यात्राको केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

मिटिङको शुत्रधार


भनिन्छ यो भाइरल फोटोमा सबैभन्दा कम ठाउँ लिएका चलचित्र निर्माता महावीर जैन र मौलिक भगत यो भेटघाटको शुत्राधार थिए। जसले करण जोहरको सहयोग लिएर कलाकारसँग भेटघाटको लागि बोलाए।

महावीर जैन र मौलिक भगत, दुई यस्ता व्यक्तिहरु हुन् जो प्रधानमन्त्री नरेन्द्र मोदीसँग पछिल्लो पटक चलचित्रकर्मीसँग भएको भेटघाटमा पनि उपस्थित थिए।

केही सञ्चार माध्यमहरुका अनुसार मौलिक भगत गुजरातका अहमदावाद शहरकौ एक सफ्टवेयर मिडिया फर्मका मालिक हुन्, उनलाई मोदीका नजिकका व्यक्ति रहेको बताइन्छ।

मौलिक भगतका अनुसार उनी गुजरातमा नरेन्द्र मोदीका मुख्यमन्त्री बनेर उनको राजनीतिक अनलाइन र सामाजिक सञ्जालको क्याम्पियनको संयोजक बनिसकेका छन्।

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्