ललितपुर- कलेजी रडको कुर्तासुरुवाल, कालो लङकोट र आँखामा कालो चस्मा लगाएर शनिबार ललितपुरको पनि विकट मानिएको लेलेमा देखापरे पूर्वयुवराज पारसविक्रम शाह।

गाडीबाट मन्द मुस्कानसाथ झरेका उनले स्थानीयसँग पनि मुस्कानका साथ परिचय गरेका थिए।

ललितपुरको लेलेका स्थानीयले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका थिए। स्थानीयले आयोजना गरेको भोजमा उनलाई जनताले बोलाएपछि उनले हिजो अबेरमात्र जाने निर्णय गरेका थिए।

झण्डै चार घण्टा त्यहाँ बिताएका उनले स्थानीयसँग भेटघाटसँगै उनीहरुले राखेका कुरा सुनेका थिए। उनले स्थानीयसँग सरल र सहज तरिकाले कुरा गरेका थिए। ललितपुरका विभिन्न ठाउँबाट मानिसहरु पारससँग भेट्न र कुरा गर्न आएका थिए। पारसले स्थानीयसँग सेल्फी पनि खिचेका थिए।

बूढादेखि युवा र बच्चा तथा महिलासम्म वनभोजमा सहभागी थिए।

देशसञ्चार फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु।

भिडियो यहाँ हेर्नुहोस्: