चार महिनामा ४१ सांसदले लिए उपचार खर्च, कसले कति रकम बुझे?

काठमाडौं – चार महिनाको अवधिमा ४१ जना सांसदले संसद सचिवालयबाट झण्डै सात लाख उपचार खर्च लिएका छन् । चुनावमा लाखौं खर्च गरेर आएका सांसदहरुले समेत थोरै रकमका लागि बिल पेश गरेर पैसा बुझेका हुन् ।

देश सञ्चारले प्राप्त गरेको उपचार खर्च सम्बन्धी विवरणमा गएको जेठदेखि असोज महिनासम्म ४१ जना सांसदले ६ लाख ८४ हजार रुपैयाँ उपचार तथा औधषी खर्च लिएको देखिएको छ ।

संसद सचिवालयले सांसदले पेश गरेको उपचार खर्चको बिलको आधारमा नगद भुक्तानी गर्दै आएको छ। जेठदेखि असोजसम्मको अवधिमा सबैभन्दा बढी उपचार खर्च वाग्लुङकी राष्टियसभा सांसद शान्तिकुमारी अधिकारीले लिएकी छिन् ।

उनले दुईपटकमा दुई लाख ३३ हजार तीन सय ६९ रुपैयाँ स्वास्थ्य उपचार तथा औषधि खर्चका लागि लिएको स्रोतले जनायो । अधिकारीले जेठ ३१ गते ४८ हजार आठ सय ८९ र भदौ २४ गते एक लाख ८४ हजार चार सय ८० रुपैयाँ उपचार खर्च लिएकी छिन् ।

यो अवधिमा एक हजार ६ सय ५० रुपैयाँको समेत बिल पेश गरेर झापाकी विमला विश्वकर्माले सबैभन्दा कम उपचार खर्च बुझेकी छिन् ।चुनौतिसँग
स्रोतका अनुसार राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेसमेत बिल पेश गरेर उपचार खर्च बुझेका छन् । उनले गएको जेठ १७ गते २५ हजार दुई सय ४१ रुपैयाँ लिएका हुन् ।

त्यस्तै राष्टियसभाकी उपाध्यक्ष शशीकला दाहालले दुई हजार पाँच सय १५ रुपैयाँ उपचार खर्च लिएकी छिन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाअध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य सीतादेवि यादवले नौ हजार ६ सय ४५ रुपैयाँ उपचार खर्च लगेकी छिन् ।

अधिकांश सांसदले दशहजार भन्दा कम उपचार तथा औषधि खर्च लिएका छन् भने खर्च लिनेमा महिला सांसद धेरै छन् ।

कसले कति लिए उपचार खर्च ?
अगमप्रसाद वान्तवा राई २,३११
आशाकुमारी विक ४,५६९
उमा रेग्मी ९,१९३
उदय शर्मा पौडेल ७,२१५
कमलकुमारी ओली ३,८१६
कविता बोगटी १३,०८७
कल्याणीकुमारी खड्का ७,०००
खिमकुमारी विक २,२२३
गजेन्द्रबहादुर महत ५,१६८
घनश्याम खतिवडा २६,६१३
दिलकुमारी ४,०३५
धुव्रकुमार शाही ६,३७९
नवराज रावल १३,९५९
नन्दा चपाईं ३,८९६
नन्दलाल रोक्का क्षेत्री १५,१०७
प्रकाश पन्थ ३४,६२२
प्रमिला कुमारी ७,०७०
प्रमिला राई ३,५९८
महिन्द्र कुमारी लिम्बु १२,२६२
मानबहादुर विश्वकर्मा ८,६४४
मीना बुढा ४,८४५
मैनाकुमारी भण्डारी ७,७६५
यज्ञबहादुर बोगटी ८,८०९
रंगमति शाही ५,४८९
रेनुका गुरुङ २,०००
रामचन्द्र राई ४,११५
लीलानाथ श्रेष्ठ ३,३७८
विन्दादेवि आले राना १६,०९३
विष्णु शर्मा ७,०७३
बोधमाया कुमारी यादव ८६,०१६
सविना हुसेन ५३०५
सानु सिवा ५४,२५३
सुरेन्द्रराज पाण्डे १५,९३४
स्मृति नारायण चौधरीले पाँच पटक गरी २४,८६४
ज्ञानकुमारी छन्त्याल ३८,१७३

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू