तीन मिनेटको दुई गोलले डुबायो, गोल नै नगरी अर्को टिमले जित्यो

रेलिगशनबाट जोगिन संघर्ष गरिरहेको फुलह्याम आफूले तीन गोल गरेर पनि पराजित भयो, जबकी बर्नली एक गोल पनि नगरी विजयी भएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा घरेलु टोली बर्नलीले गोल नै नगरी जित दर्ता गरेको हो । तीन गोल गरेको फुलह्याम २–१ ले पराजित भयो । अर्थात फुलह्यामले दुईवटा आत्मघाती गोल गरेको हो भने एउटा गोल आफ्ना लागि गरेको हो ।

दोस्रो मिनेटमा नै आन्द्रे सोरले सुन्दर भली गोल गर्दै फुलह्यामलाई सुरुवाति अग्रता दिलाए । तर २० देखि २३ मिनेटको बिचमा सम्हालिन नसक्दा लिएको अग्रता मात्रै गुमेन टिमले महत्वपूर्ण खेलमा घातक हारको सामना गर्‍यो ।

२० औँ मिनेटमा फुलह्यामका डिफेन्डर जो ब्रायनले जोगाउने क्रममा आफ्नै पोस्टमा गोल गरे । यस्तै २३ औँ मिनेटमा डेनिस ओडोइले फेरि आत्मघाती गोल गरे । यसले बर्नलीलाई गोल नै नगरी जित दिलायो ।

तीन मिनेटमा दुईवटा आत्मघाती गोलले फुलह्यामलाई स्तब्ध बनायो । पुछारबाट दोस्रो स्थानमा रहेको फुलह्यामको २२ खेलबाट मात्रै १४ अंक छ । २१ अंक बनाएको बर्नली १५ औँ स्थानमा उक्लिएको छ ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्