डिएगो म्याराडोना अस्पताल भर्ना

अर्जेन्टिनाका लेजेण्ड फुटबलर तथा फुटबल प्रशिक्षक डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् ।

उनी यसअघि नै तय भएको शल्यक्रियाका लागि अर्जेन्टिनाको राजधानीमा रहेको अस्पतालमा भर्ना भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

जनवरीको सुरुमा ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा समस्या देखिएको थियो ।

हर्नियाका कारण रक्तश्राव भएको र त्यसको समाधानका लागि शल्यक्रिया गर्न लागिएको म्याराडोनासँग नजिक रहेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । खासै चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताइएको छ ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्