रोनाल्डो र डिबालासहितका स्टार खेलाडी बेन्चमा, युभेन्टस जित निकाल्दै क्वाटरफाइनलमा

क्रिष्टियानो रोनाल्डोसहितका स्टार खेलाडीलाई बेन्चमा राखेर सुरु भएको खेलमा युभेन्टस विजयी हुँदै कोप्पा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अवे मैदानमा शनिबार राति भएको खेलमा जित निकाल्दै युभेन्टसले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । युभेन्टसले बोलोग्नलाई उसकै मैदानमा २–० ले हराएको हो ।

युभेन्टसको जितमा फेडेरिको बर्नार्डेस्की र म्वाइज किनले गोल गरे । बर्नार्डेस्कीले नवौँ तथा किनले ४९ औँ मिनेटमा गोल गरेका हुन् । साबिक विजेता युभेन्टसको टिममा रोनाल्डोसहित पाउलो डिबाला र ब्लाइस माटुइडी सुरुमा टिममा थिएनन् ।

रोनाल्डो ६२ औँ मिनेटमा किनको ठाउँमा आए र डिबाला डुग्लस कोस्टाको ठाउँमा खेलको अन्तिमतिर मैदानमा छिरेका थिए । युभेन्टसले क्वाटरफाइनलमा काग्लिएरी वा एटलान्टासँग खेल्नेछ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू