पश्चिम पहाडमा पानी पर्ने सम्भावना, अरु ठाउँको मौसम कस्तो?

काठमाडौँ – देशका पश्चिमी, मध्य तथा पूर्वका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेपनि अन्य क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमका पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ । हिमाली र उच्च पहाडी भेगका केही स्थानमा सामान्यदेखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

काठमाडौ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ भने जुम्लाको तापक्रम माइनस १.९ डिग्री सेल्सियस रहेको छ ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू