नुहाउने क्रममा कुवामा खसेर महिलाको मृत्यु

फाइल तस्बिर

दाङ–दाङमा कुवामा खसेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाकी ५० वर्षीया जुगानी चौधरीको नुहाउने क्रममा कुवामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कुवाको पानी मोटरले फालेर शव निकालिएको र आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्