‘सिम्बा’ रणवीरको अहिले सम्मकै सोलो हिट चलचित्र

अभिनेता रणवीर सिंह र निर्देशक रोहित सेट्टी बक्स अफिस संकलनमा गर्जन निकालिरहेका छन्। चलचित्रले भारतभरमा दुई सय करोड रुपैयाँ संकलन गरेको छ। विश्वभर चलचित्रको कमाई तीन सय ५० करोड भएको तथ्यांक सार्वजनिक भएको छ। यो समाचार चलचित्रका निर्माता करन जोहरले गरेका हुन्।
ट्वीट गर्दै करनले ‘सिम्बाले आगो बालेको’ सांकेतिक इमोजी पोस्ट गरेका छन्। उनले गरेको पोस्टले केही नभनेपनि फोटोले धेरै कुरा बोलेको छ जसमा रणवीर देखिएका छन्। ‘सिम्बाले भारतबाहिर १ सय ५० करोड संकलन गरेको पनि खुलाएको छ।
#SIMMBA🔥🔥🔥🔥🔥🔥🔥 pic.twitter.com/0vgS9P8gm2
— Karan Johar (@karanjohar) January 12, 2019
सिम्बा रिलाएन्स इन्टरटेनमेन्ट अनि रोहित सेट्टी पिक्चर्स र धर्मा प्रडक्सनको अहिलेसम्म धेरै कमाई गर्ने चलचित्र हो। ‘सिम्बा’ रणवीरको अहिलेसम्मकै सोलो हिट चलचित्र हो।
यस्तै बजार अनुगमनकर्ता तरन आदर्शका अनुसार ‘उरी’ र ‘द एक्सिडेनटल प्राइममिनिस्टर’ प्रदर्शन हुँदा पनि ‘सिम्बा’ ले बक्स अफिसमा राम्रो कमाइ गरिराखेको छ। उनले लेखेका छन्, ‘नयाँ प्रदर्शनमा आएका चलचित्रले प्रभाव पारेको छ। कम स्थान पाएको छ। तर तेस्रो साताको शुक्रबार, सनिबार र आइतबार चलचित्रको कमाई बढेको तथ्यांकले देखाउँछ।’
#Simmba gets affected by multiple new releases… Despite reduction in screen count, posts a healthy number on third Fri… Third Sat and third Sun should again witness growth… [Week 3] Fri 2.60 cr. Total: ₹ 215.03 cr. India biz.
— taran adarsh (@taran_adarsh) January 12, 2019
सिम्बा तेलगु चलचित्र टेम्परको रिमेक हो। चलचित्रले आफूले चिनेको युवती बलात्कृत भएपछि अचानक सुध्रिएको प्रहरी अफिसरको कथा बोल्छ। चलचित्रमा सारा अलि खान अनि सोनु सुद पनि देखिएका छन्।