जयपुर फुटले फेरिदियो ५१ जनालाई निशुल्क खुट्टा (फोटो फिचर)

नर्भिक अस्पतालमा आइतबार आयोजित कार्यक्रममा कृतिम खुट्टा पाएकाहरु। तस्बिरहरु: बर्षा शाह

निशुल्क कृतिम खुट्टा, घुँडा तथा अन्य खुट्टाका अन्य प्रदान गर्दै आएको भारतको ‘जयपुर फुट/नी/लिम्ब’ले राजधानीमा आइतबार ५१ जना खुट्टा अभाव भएकाहरुमा कृतिम खुट्टा राखिदिएको छ।

राजधानी र नवलपुरमा गरी करिब ५ सय जनाको कृतिम खुट्टा, लिम्ब र घुँडा प्रत्यारोपण गर्ने योजना संस्थाले गरेको छ।

संस्थाले निशुल्क रुपमा कृतिम अंग प्रदान गर्दै आएको छ।

राजधानीको नर्भिक अस्पतालमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सांसद तथा उद्योगी विनोद चौधरी, भारतीय राजदूत मञ्जीवसिंह पुरी र उनकी श्रीमती, व्यवसायी मेघा चौधरीलगायत सहभागी थिए। कार्यक्रमको उद्घाटनका क्रममा अतिथिहरुसँगै एउटा बालिकाले पनि बत्ती बालेर औपचारिक सुरुवात गरेकी थिइन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहलेे खिचेका केही तस्बिरहरु:

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्