जनता बैंकको नवौं साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं– जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा भएको साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड ६६ हजार आठ सय तीन रुपैयाँ बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

यस्तै वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु पनि स्वीकृत भएको बै.कले जनाएको छ।

सभाले सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा सार एसोसियट चार्टर एकाउण्टेन्ट नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैंक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गरेको छ।

बैंक र अन्य उपयुक्ता बैंक र वित्तीय संस्था एक आपसमा गाभ्न / गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ । देशभर बैंकका १२९ शाखा, ५० शाखा रहित बैकिंग केन्द्र, ७९ एटीएम सञ्चालनमा रहेका छन्।

बैकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गरेको छ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्