डा. केसी अस्पताल भर्ना, अब अस्पतालमै अनशन

डा. केसीलाई अस्पताल लगिँदै ।

झापा – इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । अनशन बसेको छैठौँ दिनमा डा. केसीको स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान इलाम जिल्ला अस्पताल भर्ना गरिएको हो ।

उनको स्वास्थ्यबारे जिल्ला अस्पतालका डा. रामकृष्ण आचार्यले चेकजाँच गरिरहेका छन् ।

डा. आचार्यका अनुसार केसीको छातीमा समस्या देखिएको छ । उनलाई निमोनियाले छोएको हुन सक्ने डा. आचार्यले बताए । डा. केसी अघिल्लो दिन पनि बिरामी भएका थिए तर अस्पताल जान मानेका थिएनन् । अब उनले अस्पतालमै अनशन बस्ने उनका सहयोगीले जानकारी दिएका छन् ।

आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पास गर्न खोजेको भन्दै डा. केसी १६ औँ पटक इलाम गएर अनशन बसेका हुन् । तर केसी अनशनमै रहेका बेला आइतबार संसदमा चिकित्सा शिक्षा विधेयक पेश भइसकेको छ ।

पुस ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्