प्रस्तावित पाँच राजदूतविरुद्ध उजुरी परेन

फाइल तस्बिर

काठमाडौँ – संसदीय सुनुवाई समितिमा प्रस्तावित पाँच राजदूतविरुद्ध एउटा पनि उजुरी परेन ।

सरकारले पुस ६ र ९ गते दुईपटक गरी परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

सिफारिस राजदूतबारे सुनुवाई समितिले आइतबारसम्म दश दिनको समय दिएर उजुरी आह्वान गरे पनि पाँचैजनाको विरुद्ध उजुरी नपरेको संसद सचिवालयले जनाएको छ ।

पुस १८ गते बसेको सुनुवाई समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । सुनुवाई समितिका एक सदस्यका अनुसार प्रस्तावित राजदूतको सुनुवाई माघको पहिलो हप्ताभित्र सकिनेछ ।

पुस ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्