माघीको मौकामा थारु फिल्म ‘मस्तैली’को गीत सार्वजनिक

काठमाडौं- थारु नायिका सोनु थारुले निर्माण गरेको थारु कथानक चलचित्र ‘मस्तैली’ फिल्मको नयाँ गीत सार्वजनिक भएको छ।

थारुहरुको नयाँ वर्ष माघ महोत्सवको मौका पारेर सोनु फिल्मस् प्रालिले ‘लगी त लगी’ बोलको गीत यूट्‍यबमार्फत सार्वजनिक गरिएको नायिका सोनुले जानकारी दिइन्।

उनले भनिन्, ‘थारु समुदायको कला, संस्कृति र व्‍यवहार अनि माया प्रेमलाई समेटेर बनाइएको चलचित्र हो मस्तैली। यो फिल्म थारु समाजको सामाजिक परिवेशमा रहेर बनाइएको छ।’

फिल्म मस्तैलीमा नायिका सोनु आफै मूख्‍य भूमिकामा देखिएकी छिन् भने राकेश थारु नायकको भूमिकामा देखिएका छन्।

सोनु फल्म प्रालिले निर्माण गरेको चलचित्र मस्तैलीको गीतमा दोस्रन चौधरी र वसन्ती चौधरीले आवाज दिएका छन् भने दोस्रनकै शब्द संगीत रहेको छ।

यस्तै गीतको एरेन्जर गणेश चौधरीले गरेका छन् भने छायाँकन सन्तोष थापाले गरेका छन्। फिल्मको कोरियोग्राफी दीपक चौधरीले गरेका छन्। यस्तै फिल्ममा विशाल रोक्‍काले ड्रोन क्‍यामेरामा सहयोग गरेका छन्।

फिल्म मस्तैलीको माघ २५ काठमाडौंको जय नेपाल हलमा च्‍यारिटी शो गरिने र तराइको हलहरुबाट प्रदर्शन हुने नायिका सोनु थारुले देश सञ्‍चारलाई जानकारी दिइन्।

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्