च्यारिटी इभेन्टमा चक्कु प्रहार : उपचारको क्रममा मेयरको निधन

पोल्याण्डको एक च्यारिटी इभेन्टको क्रममा आक्रमणकारीले चक्कु प्रहार गरी घाइते बनाएका स्थानीय शहरका मेयरको उपचारको क्रममा निधन भएको छ ।

ग्डान्स्क शहरका मेयरमाथि चक्कु प्रहार भएको थियो । आक्रमणबाट घाइते भएका ग्डान्स्कका मेयर ५३ वर्षे पावेल एडामोविस्जको उपचारको क्रममा निधन भएको हो । पावेलमाथि स्थानीय समय अनुसार आइतबार बेलुका आक्रमण भएको थियो ।

स्थानीय अस्पतालमा पाँच घण्टा भन्दा लामो समय लगाएर उनको शल्यक्रिया भएको थियो । तर उनी जीवित रहन सकेनन् ।

विगतमा पनि आपराधिक गतिविधि गरेका २७ वर्षका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले स्टेजमै पुगेर पावेलमाथि आक्रमण गरेका थिए । स्टेजसम्म पुग्नका लागि आक्रमणकारीले मिडिया पासको प्रयोग गरेको प्रहरीले जनाएको छ ।

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्