फोटो फिचर

मातापिता बन्दै गरेका मेगन र ह्यारी उत्साहित मुद्रामा

बेलायती राज परिवारमा नयाँ सदस्य थपिने समय नजिकिँदै गएको छ । प्रिन्स ह्यारी र मेगन मर्केल अर्थात डचेज अफ ससेक्स चाँडै मातापिता बन्दै छन् । उनीहरुको पहिलो सन्तानले यो वर्षको वसन्त ऋतुमा जन्म लिँदै छन् ।

अहिलेसम्म गर्भमा रहेको बच्चा छोरा वा छोरी के हुन् भन्ने खुलाइएको छैन र यो पूर्णतः सरप्राइज हुने बताइएको छ । बेलायती सिंहाशनको लाइनमा ह्यारी र मेगनको सन्तान सातौँ नम्बरमा रहने छन्।

प्रिन्स ह्यारी र मेगन सोमबार एक कार्यक्रममा सहभागी भए । यो उनीहरुको सन् २०१९ को पहिलो आधिकारिक सार्वजनिक सहभागिता हो । उनीहरु बिर्केनहेडको हेमाइल्टन स्क्वायरमा नम्बर सेभेन नामक, फिडिङ्ग बिर्केनहेड नामक सिटिजन सुपरमार्केट एण्ड कम्युनिटी क्याफेको उद्घाटका लागि पुगेका हुन् ।

ह्यारी र मेगन उत्साहित देखिएका छन् । उनीहरुलाई जम्मा भएका सर्वसाधारण र बालबालिकाले स्वागत गरेका थिए ।

तस्बिर : रोयटर्स

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्