आफ्नै पिसाब पिउने मानिसको समूह, बिहानको पहिलो पिसाब सबैभन्दा उत्तम !

मानिसको यस्तो समूह पनि छ, जसले आफ्नै पिसाब पिउँछन् र यो सबै स्वास्थ्य समस्याको उत्तम विकल्प मान्छन् । युरिन थेरापी भन्दै उनीहरुले आफ्नै पिसाब पिउने गरेका छन् र अरु प्रयोजनका लागि पिसाब प्रयोग गर्ने गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा ‘युरिन थेरापी’ र ‘युरिन थेरापी : द रियल युनिभर्सल रिमेडी’ नाम गरेका दुई समूह छन् । पहिलो समूहमा ४ हजार ९६७ तथा दोस्रो समूहमा ६ हजार ६७४ सदस्य छन्।

उनीहरुले आफ्नो पिसाब पिएमा यसले ‘आफ्नो आत्माको ढोका खोल्ने र सबै भागमा रहेका समस्याको समाधान हुने’ दाबी गर्छन् । आफ्नो ज्ञानको प्रयोग गरेर पिसाबको उपयोग गर्न उनीहरुले सुझाउँछन् ।

यस्तै यसलाई स्वीकार गरेमा जीवन नै परिवर्तन हुने पनि दाबी गरिएको छ । बिहानको पहिलो पिसाब पिउनु उत्तम हुने उनीहरुले दाबी गर्दै आएका छन् ।

फेसबुकमा मात्रै होइन इन्स्टाग्राममा पनि युरिन थेरापीका समर्थक छन् । तर पिसाब पिउने र यसले स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुनै पनि वैज्ञानिक प्रमाण वा आधार भने छैन ।

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्