तरुल तथा सखरखण्डबाट हुने फाइदाहरु

काठमाडौँ – नेपालीहरुले मनाउने विभिन्न चार्ड पर्व मध्ये माघे संक्रान्ति पनि एक हो । माघे संक्रान्तिमा विशेष गरि तिलको लड्डु, चाकु, ध्यू, तरुल–सखरखण्ड जस्ता विभिन्न प्रकारका खाने कुरा खाने चनल छ ।

यस्ता खाने कुरा खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुने चिकित्सकले बताउने गरेका छन् । हामीले सखरखण्ड–तरुल खाँदा हुने केही फाइदाहरु यहाँ प्रस्तुत गरेका छौँ ।

सखरखण्ड–तरुल खाँदा हुने फाइदाहरू

१. सखरखण्ड–तरुलमा भिटामीन ए प्रशस्त मात्रमा पाइने हुँदा यसले अन्धो हुनबाट यसले बचाउँछ ।

२. सखरखण्ड–तरुलले तौल घटाउँनमा धेरै मदत गर्छ ।

३. सखरखण्ड–तरुलले मधुमेह रोगलाई नियन्त्रनमा राख्ने गर्छ । किनकी यसमा चिनीको मात्रा हुँदैन।

४. सखरखण्ड–तरुल बेटाक्यारोटीन तथा अन्य स्वस्थकर पोषणले भरपुर हुन्छ । यसले छाला चम्किलो बनाउँछ, आँखा, हड्डीलाई बलियो बनाउन मदत गर्छ ।

५. काँचो सखरखण्ड–तरुल र गाजरलाई पिसेर त्यसको सुप बिहानको खानाको रुपमा पनि सेवन गर्नाले शरीरलाई आराम मिल्ने गर्छ ।

६. पोलेको भन्दा उसिनेको सखरखण्ड–तरुलमा पोषण तथा भिटामिन पाइन्छ जुन अन्य फलफूल तथा हरियो सागसब्जिमा जत्तिकै लाभदायक हुन्छ ।

७. सखरखण्ड–तरुलमा पाचन प्रक्रियालाई बलियो बनाउन सक्ने शक्ति हुन्छ । एउटा ठिक्कको सखरखण्ड–तरुलमा चार ग्राम फाइबर उपलब्ध हुन्छ जसले लामो समयसम्म भोक मेटाउने काम समेत गर्छ ।

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्