सिलेटको टोलीमा किन अटाएनन् सन्दीप?

काठमाडौँ– अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिगमा लगातार पहिलो रोजाइमा पर्दै आएका नेपालका युवा स्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग–बिपिएल क्रिकेटअन्तर्गत सिलेट सिक्सर्सको चौथो खेलमा टोलीमा अटाउन सकेनन्।

अहिले जारी कोमिला भिक्टोरियन्सविरुद्धको खेलमा सिलेटले सन्दीपलाई प्लेइङ सेटमा समेटेको छैन। सन्दीपले अघिल्ला तीनवटै खेलमा खेल्ने अवसर पाएका थिए। पहिलो खेलमा दुई विकेट लिएका सन्दीप पछिल्ला दुई खेलमा विकेट लिन असफल थिए। सिलेटले तीन खेलमा एक जित मात्र हात पारेको छ।

गत वर्षको मेमा इन्डियन प्रिमियर लिग–आईपिएलको १२ औं चरणमा दिल्ली डेयर डेभिल्सले प्लेइङ सेटमा समेटेयता सन्दीप प्राय अन्तर्राष्ट्रिय ब्यावशायीक क्रिकेट लिगमा प्लेइङ सेटमा पर्दै आएका थिए। बिपिएलमा आउनुअघि सन्दीपले बिग बास लिग–बिबिएल क्रिकेट बिचैमा छाडेर यो प्रतियोगितामा सहभागी हुन आएका हुन्।

बिबिएलमा मेलबर्न स्टार्सबाट खेल्दै चार खेलमा आठ विकेट लिएका सन्दीपको विश्वस्तरमा चर्चा भएको थियो। त्यहाँ खेलेका हरेक खेलमा सन्दीपले विकेट लिएका थिए। सन्दीपले अघिल्लो खेलमा चार ओभरमा विकेट नलिई ३३ रन खर्चिएका थिए।

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्