पश्चिममा वर्षाको सम्भावना, काठमाडौँसहितका क्षेत्रमा बदली

काठमाडौँ – देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य स्थानमा बुधबारको मौसम सामान्यता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौमसविद राजु प्रधानाङ्गले पश्चिमी भेगका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिए । उनले पश्चिमका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि रहेको बताए । काठमाडौँ उपत्यकामा पनि दिउँसो बदली नै रहने मौसमविद प्रधानाङ्गको भनाई छ ।

दिउँसो घाम लागेपनि बदली नै रहने भएकोले मंगलबारको तुलनामा बढी चिसो महसुस हुन सक्ने उनले बताए । काठमाडौँ उपत्यकामा बुधबार बिहानको न्यूनतम तापक्रम ३ डिग्री मापन भएकोमा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू