उखुखेतीमा आगलागी हुँदा लाखौँको क्षति

विराटनगर – विराटनगर महानगरपालिका ११ ब्रह्मपुरामा उखुखेतीमा आगलागी हुँदा कम्तीमा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । वडा प्रहरी कार्यालय विराटनगरका अनुसार, स्थानीय नागेश कोइरालाको आठ बिगाह क्षेत्रफलमा लगाइएको उखु खेतीमा आगलागी भएको हो।

नेपाली कांग्रेस मोरंग जिल्ला सचिव कोइरालाको खेतमा आगो कसैले लगाएको हुन सक्नेतर्फ प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार, उखु खेतीसम्म बारुणयन्त्र पुग्न सक्ने सडक नहुँदा धेरै क्षति भएको हो।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू