धेरै रोगको उपचारका लागि उत्तम बेसार

तपाईँले कहिले काहिँ आफ्नो औषधिको पोको खोलेर हेर्नुभएको छ वा कहिले यो सोच्नु भएको छ, तपाईँले खाइरहेको औषधि वास्तवमै आवश्यक छ ? वा कुन चाहिँ प्राकृतिक उपायले सजिलैसँग विस्थापन गर्न सक्छ ?

कतिपय औषधिको सट्टा घरेलु औषधिहरु नै उपयोगी हुने देखिएका छन् । त्यसैले पछिल्लो समयमा धेरै अमेरिकीले प्राकृतिक जडिबुटी औषधिको रुपमा प्रयोग गर्न थालेका छन् ।

धेरै औषधिको प्रयोग गर्ने व्यक्तिहरुका लागि प्राकृतिक औषधी प्रयोग गर्नु अलि गाह्रो नै मान्ने गरेको पाइन्छ । उनीहरु प्रयोग गरिरहेको औषधिमा नै निर्भर हुन्छन् ।

तर यो मज्जाले भन्न सकिन्छ कि ति सबै औषधि स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् । यस्ता औषधिले धेरै साइड इफेक्ट गर्छन् । औषधि खाएर जुन आराम प्राप्त हुन्छ, त्यो वास्तवमा समस्याका लागि तत्कालको एक समाधान मात्र हो ।

सबै औषधिले सबै रोगलाई ठीक पार्दैनन् । यस्ता औषधीले कुनै रोगलाई अस्थायी रुपमा रोक्ने वा आराम प्रदान गर्छन् र अन्य समस्याहरु उत्पन्न पनि गराउँछन् ।

तर घरेलु वा प्राकृतिक औषधिको साइड इफेक्ट हुँदैन वा अति नै कम हुन्छ । अल्जाइमर, पार्किन्सन र साइक्लोरासिस, क्यान्सर जस्ता विभन्न रोगको प्रभावकारी उपचार हो बेसार ।

औषधिको सूचिमा बेसार सबै भन्दा पहिला आउँछ । बेसार फार्माकोलोजिकल इन्टिग्रिएन्ट सर्कुमिनको एउटा प्रभावकारी औषधि हो ।

कोलेस्ट्रल, स्टेरायड, एन्टिइडिप्रेसेन्ट्स, रगत, केमीकलथेरापी ड्रग्स, मधुमेह जस्ता रोगका औषधिलाई बेसारद्वारा विस्थापन गर्न सकिन्छ ।

विभिन्न अध्ययन र सर्वेक्षणपछि तयार पारिएको एक लेख अनुसार विज्ञानले बेसारलाई १४ विभिन्न औषधिको रुपमा प्रभावकारी काम गर्ने पुष्टि भएको जनाइएको छ । अध्ययन सम्बनधी प्रतिवेदन ग्रीनमेडइन्फोमा प्रकाशित छ ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्