भैँसीलाई घाँस हाल्ने क्रममा बालिका बलात्कृत, आरोपी पक्राउ

साङ्केतिक तस्बिर।

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिका–८ नुवाकोटमा ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिएकी थिइन् ।उजुरीपछि थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्