सम्झनामा ९० सालको भूकम्प

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदै

फाइल तस्बिर।

काठमाडौँ – ८५ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको सम्झनामा बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदैछ । औपचारिक रुपमा भूकम्प सुरक्षा दिवस मनाउन थालेको यो २१ औँ वर्ष हो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो।

दिवसको अवसरमा यस वर्षको नारा ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ तय गरिएको छ । राजनीतिक परिवर्तनपछिको आम चुनावबाट बनेका सरकार राज्यका तीनै तहमा हुँदा पनि भूकम्पीय सुरक्षाको क्षेत्रमा त्यति काम हुन सकेको छैन।

पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किए।

पछिल्लो गोरखा भूकम्पको झण्डै चार वर्ष हुन लाग्दा पनि अझै पुनर्निर्माणले गति लिएको जस्तो देखिएको छैन । यस्तै भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको नेपालमा आउँदा विपदको तयारी पनि भएको देखिँदैन।

सरकारले भने आफूहरु पुनर्निर्माण तथा जोखिम न्यूनिकरणका लागि भरपूर काम गर्ने बताएका छन्।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्