भएका ट्राफिक भिआइपीको सुरक्षामा, सडक अस्तव्यस्त

दाङ–ट्राफिक प्रहरीको दरबन्दी न्यून हुँदा नियमित सवारी जाँचमा समेत समस्या परेको छ । दाङमा ३१ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले काजमा थप ट्राफिक प्रहरी मगाएर अहिले ५४ जना कार्यरत छन् ।

तर, यो संख्याले समेत ट्राफिक व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । सवारी साधनको संख्या थपिँदै गएको छ । सडक सञ्जाल र यातायातको साधनको पहुँच बृद्धि भएपनी ट्राफिक प्रहरीको दरबन्दी बढेको छैन् । दरबन्दी नबढ्दा ड्यूटी खटाउन मुस्किल परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुवरले बताए।

‘दरबन्दी ३१ जनाको हो । २ जना परिचर छन् । अहिले काजमा थप जनशक्ति मगाएर ५३÷५४ जना छौं’उनले भने–‘दरबन्दी सरकारले बढाउनु पर्ने हो । हामीले मान्छे पुगेन भनेर काजमा बोलाउने हो । बाटोको अवस्था यस्तो छ । खोलामा पुल पुलेसा निर्माणाधिन छन् । तीन जिल्ला बराबरको एउटा जिल्ला छ ।’ राजमार्ग सहित सल्यान, रोल्पा, प्यूठान जिल्ला जोड्ने अन्य सडकहरु रहेका कारण पनि ट्राफिक व्यवस्थापन गर्न मुस्किल परेको छ ।

ट्राफिक प्रहरीको दरबन्दी निकै कम भएको र दरबन्दी थप गरेर सोही अनुसार ट्राफिक जनशक्तिको व्यवस्थापन हुनुपर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

‘दाङको रोड एक्सेस साविकको राप्ती अञ्चलका जिल्लाहरुसँग छ । बेला बेला हुने भिआईपिको सवारी साधन व्यवस्थापनमा पनि त्यही ट्राफिक जानु पर्ने’उनले भने–‘भूगोल, सवारी चाप, सडकको पहुँचको आधारमा ट्राफिक जनशक्ति निकै कम हो । दरबन्दी थप गरेर जनशक्ति बढाउनु पर्ने आवश्यकता छ ।’

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्