‘भर्जिटिनी लुज’ गर्ने सही समय कुन?

कलिलै उमेरमा यौन सम्पर्क गर्नु धेरै युवाका लागि पछुतोको विषय बन्ने गरेको एक अध्ययनको क्रममा थाहा भएको छ । बेलायतमा भएको अध्ययनको क्रममा चाँडै भर्जिनिटी गुमाएकोमा धेरै युवालाई पछुतो हुने गरेको देखिएको हो ।

अनुसन्धानमा सहभागी भएका मध्ये एक तिहाई भन्दा बढी युवती र एक चौथाई भन्दा बढी युवकले आफ्नो भर्जिनिटी लुज गरेको समय सही नरहेको बताएका छन् ।

अनुसन्धानमा सहभागी युवायुवती २० वर्षको हाराहारी वा त्यस वरपरको उमेरका हुन् । बेलायतमा कानुनी रुपमा यौन सम्बन्ध कायम गर्नका लागि योग्य हुने न्यूनतम उमेर १६ वर्ष छ । १६ वर्ष पुगेपछि सहमतिमा यौन सम्बन्ध कायम गर्न मिल्छ ।

तर बेलायतमा पछिल्लो पटक गरिएको यौन व्यवहार तथा जीवनशैली सर्वेक्षणको क्रममा धेरै व्यक्ति १६ वर्षको उमेरमा यौन सम्बन्धका लागि तयार नहुने देखिएको थियो । बेलायतमा हरेक १० वर्षमा यौन व्यवहारबारे सर्वे हुने गरेको छ ।

पछिल्लो पटकको अनुसन्धानको प्रतिवेदन बिएमजे सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थमा प्रकाशित भएको छ । लण्डन स्कूल अफ हाइजेन एण्ड ट्रोपिकल मेडिसिनका अनुसन्धानकर्ताले झण्डै तीन हजार युवा उमेरका व्यक्तिमा अध्ययन गरेका हुन् ।

यो अध्ययन सन् २०१० देखि २०१२ को बिचमा भएको थियो । अनुसन्धानमा सहभागी मध्ये झण्डै ४० प्रतिशत युवती र २६ प्रतिशत युवाले आफ्नो पहिलो यौन अनुभव सही समयमा नभएको बताएका छन् ।

उनीहरुले आफ्नो भर्जिनिटी लुज गर्नेका लागि अझै समय पर्खिएको भए हुने भन्ने लाग्ने गरेको बताएका छन् । यस्तै केही त्यो भन्दा पहिले नै गरेको भए हुने पनि बताएका छन् ।

धेरैले १८ वर्षको पुग्दासम्म पहिलो यौन सम्बन्ध कायम गरेको देखिएको छ । आधा जतिले १७ वर्ष लाग्दा र एक तिहाईले १६ वर्ष लाग्नु पूर्व नै पहिलो यौन सम्बन्ध कायम गरेको देखियो ।

यस्तै पहिलो यौन सम्बन्धको निर्णय कुनै दबाब वा हतारो बिना भएको थियो वा थिएन भन्ने बारे पनि अध्ययनको क्रममा सोधिएको थियो । झण्डै आधा युवती तथा १० मा चार युवकले आफ्नो पहिलो यौन सम्बन्धको निर्णय स्वतन्त्र वा दबाब रहित अवस्थामा नभएको बताए ।

पहिलो यौन सम्बन्धका लागि सही समय व्यक्ति आफैमा भर पर्ने देखिएको अध्ययनकर्ताले बताएका छन् । यौन सम्बन्ध कायम गर्ने निर्णय गर्नु पूर्व आफैलाई राम्रोसँग सोध्नु पर्ने अध्ययन कर्ताले बताएका छन् ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्