सरकार असहिष्णुता र निषेधको बाटोमा हिँड्यो : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी नेतृत्वको सरकार असहिष्णु र निधेषको बाटोमो हिँडेको आरोप लगाएको छ ।

बुधबार राष्ट्रियसभा बैठकको विशेष समय प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा बनाउन लागिएको दुईवटा अस्पताल खारेजीको प्रक्रियामा लगेर असहिष्णुता र निषेधको बाटो लिएको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयले निर्माणाधीन तनहुँको दुलेगौँडास्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल खारेजीको प्रक्रियामा लगेपछि प्रतिपक्षी कांग्रेसले रुष्ट बनेको हो ।

पाण्डेले कांग्रेसका पूर्व सभापतिसमेत रहेका कोइरालाद्धयको नाममा रहेको अस्पताल खारेज गरेर सरकारले कांग्रेसको अस्तित्व नै भेटाउन खाजेको बताए ।

विशेष समयमा उनले भने, ‘सरकार असहिष्णु र निषेधको बाटोमा हिँडेको छ । यस्तै रवैया सरकारले अपनाउने हो भने देश मुठभेडको बाटोमा जान्छ । भोलि हामीले पनि यस्तै कमद चाल्नु नपरोस् ।’

उनले कांग्रेसलाई सरकारले धम्क्याउन र तर्साउन खोजे त्यो सरकारको भूल हुने चेतावनी दिए ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्