अहेबलाई इन्चार्ज नमान्ने भन्दै हेल्थ असिस्टेन्ट सडकमा

फाइल तस्बिर

काठमाडौँ – अहेबहरुलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै हेल्थ असिस्टेन्ट संघ, नेपाल(हान)ले बुधबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

संघले बुधबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै अहेवहरुलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दबाब दिएका थिए ।

शैक्षिक योग्यता र लोकसेवा आयोगको प्रक्रिया विपरित उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहेबलाई स्वास्थ्य चौकीहरुको जिम्मेवारी दिने गरी दरबन्दी संरचनासम्बन्धि प्रस्ताव मन्त्रीपरिषद् कार्यालयमा पेश गरेपछि त्यसको विरोधमा प्रर्दशन गर्नु परेको संघका सल्लाहकार गोविन्द गिरीले बताए ।

सरकारले सो प्रस्तावित दरबन्दी संरचनाबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसक्ने पनि बताएका छन् । उनीहरुले १० महिना तालिम लिएका अहेवहरुले स्वास्थ्य चौकीको नेतृत्व गर्नै नसक्ने पनि स्पष्ट पारेका छन् ।

संघले योग्यता नै नपुगेकाहरुलाई अस्पतालको जिम्मेवारी दिने गरी दरबन्दी संरचना तयार पारेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिएको छ । प्रर्दशनकारीहरुले स्वास्थ्य सेवालाई झनै धराशायी बनाउने गरी सो दरबन्दी प्रस्ताव ल्याएको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्