हत्‍या अभियोगमा फरार प्रतिवादी २० वर्षपछि पक्राउ

वीरगञ्‍ज-२० वर्षदेखि फरार रहँदै आएका कर्तव्‍य ज्यान मुद्दाका एकजना प्रतिवादीलाई बुधबार पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कर्तव्‍य ज्यान मुदामा फरार रहदै आएका पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर २ का ८८ बर्षीय मिश्रीलाल साहलाई पक्राउ गरेको हो।

साहलाई २०५५ साल साउन २४ गते जिल्ल अदालत पर्साबाट वारेन्ट जारी भएकोमा हालसमम उनी फरार रहदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले साहलाई उनकै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई आवश्यक कार्वाहीको लागी जिल्ला अदालत पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्